Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सर्वसम्मत पारित भयाे विराटनगर महानगरको आगामी वर्षको बजेट



विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सर्वसम्मतिले पारित भएको छ ।
१० औं नगर सभाको शनिबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो ।
महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरसभाले आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ ।
सभाले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ की सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नम्बर वडाकी सदस्य मेनुका परियार र ९ नम्बर वडाका सदस्य रियाज अहमदलाई बैठकले चयन गरेको छ ।
नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरले आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास नहुने बताउँदै राजस्व संकलन बढानेमा जोड दिए । उनले राजस्व संकलनलाई १ अर्ब ननघाइस सोचेंजस्तो विकास गर्न नसिकने बताए । मेयर कोइरालाले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाई, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायहरूसित छलफल भइरहेको जानकारी दिए ।
उपमेयर कार्कीले पनि महानगरको आर्थिक अवस्था दरिलो बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार