Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा खाल्डोभित्र युवतीको शव फेला


  • Purbeli Press
  • सोमबार, असार २० २०७९

विराटनगर : मोरङको रतुवामाईमा खाल्डोमा युवतीको शव भेटिएको छ । रतुवामाई नगरपालिका २ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो।

डोरिया स्वास्थ्य चौकीबाट ५० मिटर उत्तरमा पानी जमेको खाल्डोमा युवतीको शव फेला पारेको रतुवामाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिमारत मियाँले बताए । मियाँका अनुसार अन्दाजी २४/२५ वर्षीया महिलाको शव मृत अवस्थामा फेला परेको हो ।

युवतिको शव देखेपछि स्थानीयले वडा अध्यक्ष र प्रहरीलाई खबर गरेका थिए । उनीहरुले बिहान ५ः३० बजे प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय सिजुवाले बताएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार मृत फेला परेकी युवतीको पहिचान खुलेको छैन् । आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

युवतीकोे शव पोस्मार्टमका लागि रंगेली अस्पताल लगिएको प्रहरीले जनाएकोे छ । प्रहरीको घटनाको अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार