Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बचतकर्ताको ४६ लाख बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ


  • Purbeli Press
  • आइतबार, असार १९ २०७९

विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मोरङमा सहकारी संस्थाका कर्मचारी पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिकामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाका कर्मचारी विवेक खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

खवासले बचतकर्ताको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा छ ।

पक्राउ परेका खवासले प्रहरीसमक्ष ४६ लाखमध्ये ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरेका छन् । सहकारीको आन्तरिक छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।

हिनामिना गरेको रकममध्ये उनले सहकारीलाई १० लाख बुझाइसकेका छन् । नक्कली कागजात बनाई रकम लाने गरेको खवासमाथि आरोप छ ।

पक्राउ परेका खवास विरुद्ध अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

८ हजार शेयर सदस्य रहेको उक्त सहकारी संस्थाका ६ वटा सेवा केन्द्र छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार