Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सांसद् किरातीले किसानसँग माफी मागे



भोजपुर । सङ्घीय सांसद् सुदन किरातीले जेष्ठ नागरिकलाई सम्मान गर्दै भोजपुरका किसानसँग माफी मागेका छन् ।
धान दिवसको अवसरमा सांसद् किरातीले भोजपुरको अरुण गाउँपालिका २ चम्पेस्थित सिस्नेरीका १२ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै किसानसग बुधवार माफी मागेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका सांसद् किरातीले मानो रोपेर मुरी फलाउने समयमा मल दिन नसकेकाले किसानसँग माफी माग्न काठमाडौबाट गृह जिल्ला आएको जानकारी बताए ।
उनले भने “सरकारले अरबौ रकम छुटयाए पनि समयमै किसानलाई मल दिन नसक्नु दुखको कुरा हो , किसानको मागप्रति सरकार गम्भीर हुनु पर्छ , त्यसका लागि ससदमा किसानको प्रतिनिधित्व गर्दै आवाज उठाउने छु ।”

आफूले आफ्नो तर्फबाट मल ल्याउन नसकेपछि नैतिकताका आधारमा जिल्लाका किसानसँग माफी मागेको सांसद् किरातीले भनाई छ । कार्यक्रममा उनले ६ जना जेष्ठ महिलालाई साडी, चोली, पछ्यौरी र छाता दिएर सम्माान गरेका छन । ब्लाष्टबाट

प्रतिक्रिया
सम्बन्धित समाचार