विराटनगर । नेकपा (एमाले) मोरङ–५(ख) क्षेत्रीय समन्वय समितिको प्रथम पूर्ण बैठक आज रानीमा सम्पन्न भएको छ।
बैठक पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा क्षेत्र समन्वय समितिका संयोजक दिपक कुमार कर्णको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ५ इन्चार्ज रामलाल साह प्रमुख अतिथि थिए ।
बैठकमा जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तीर्थराज घिमिरे र महानगर कमिटी सचिव विज्ञान चापागाईं लगायतले पार्टी सुदृढीकरण र आगामी राजनीतिक कार्यक्रमबारे धारणा राखेका थिए।
वडा कमिटीका नेता, जनप्रतिनिधि र जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकले पार्टी केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीको सर्कुलरअनुसार जिल्ला कमिटीले कार्तिक २९ गते आयोजना गर्ने मोटरसाइकल र्यालीमा मोरङ–५(ख) बाट उल्लेखनीय सहभागिता जनाई कार्यक्रमलाई भव्य र सफल बनाउने निर्णय गरेको छ।