Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हरितालिका तीजले सामाजिक एकता बढाउँछ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले  उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै ‌ यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै  समानता र महिलाको सशक्तीकरणतर्फ  अघि बढ्न यो पर्वले प्रेरणा दिने कार्कीले बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार महिलाहरूको हकअधिकार स्थापित गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै महिलाको हित प्रवर्धनका कार्यक्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुकका सबै पर्व र संस्कारलाई संरक्षण गर्नुपर्ने गर्नुपर्नेमा उहाँले सन्देशमा जोड दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार