काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठिसकेको भन्दै यस्तो अवस्थामा राजीनामा दिएर छानबिनमा सघाउनु नै उचित हुने धारणा व्यक्त गरे।
ूरमेशजीको कुरा उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुभयो भने भइहाल्यो नि,ू उनले भने, ूगृह मन्त्रालय त उहाँकै मातहतमा पर्छ। उहाँले भन्नुपर्यो— ुम क्लिन छु, मैले राजीनामा दिएँ, अब छानबिन समितिले काम गरोस्ु— यसले उहाँको नैतिक धरातल बलियो देखिन्छ।ू
कोइरालाको यो अभिव्यक्ति त्यही समय आएको हो, जब भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताको आशंका सार्वजनिक रुपमा उठिरहेको छ। उनले निष्पक्ष छानबिनका लागि नैतिक जिम्मेवारी वहन गर्दै गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने तर्क गरेका छन्।
यसअघि नै उक्त प्रकरणमा उच्चस्तरीय छानबिनको माग भइरहेकामा कोइरालाको अभिव्यक्तिले राजनीतिक वृत्तमा थप चासो र बहस सिर्जना गरेको छ।