Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो



काठमाडौँ ।  साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अंकले घटेर २,६५०.११ विन्दुमा झरेको छ। कारोबारमा संलग्न ३०० कम्पनीका दुई करोड ४० लाख कित्ता शेयर ८८ हजारभन्दा बढी पटक किनबेच हुँदा १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

आज विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको सूचक सकारात्मक रहे पनि अन्य सबै समूहमा गिरावट आएको छ। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन, लघुवित्त र म्युचुअल फण्ड समूहमा क्रमशः ०.५१५ देखि ३.७२५ सम्मको गिरावट देखिएको छ।

नेपाल माइक्रोइन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ७.४५५ ले घटेको छ। सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार