Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय गौरवको आयोजनाहरू २०८२/८३ भित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थालेका राष्ट्रिय गौरवका आयोजनाहरू पुनरावलोकन गरी आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने नीति अघि सारिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले निर्माणाधीन आयोजनाहरूको समय तालिका तय भइसकेको र सम्पन्न नहुनेहरू स्थगन वा खारेज गरिने जानकारी दिए।

प्रधानमन्त्री ओलीले विकासको गति, ढाँचा र संस्कृति परिवर्तन गरिने उल्लेख गर्दै त्रुटिपूर्ण परियोजनालाई हटाउने र व्यवहारिक योजनालाई प्राथमिकता दिने बताए। कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उद्योग, पूर्वाधारलगायत क्षेत्रमा स्पष्ट फोकस गरिएको बताउँदै उनले कृषि आधुनिकीकरण, स्टार्टअप प्रवर्द्धन, ‘कमाउँदै–पढ्दै’ जस्ता कार्यक्रम नयाँ ढंगले अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार