काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २८ गते आइतबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। आज (मङ्गलबार) बसेको राष्ट्रियसभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने कार्यक्रम तय गरिएको सभाध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले भने, “आर्थिक वर्ष २०८२र०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिने गरी निर्धारण गरिएको बेहोरा जानकारी गराउँछु।”
यसैबीच, राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख २८ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ।