बिर्तामोड । भारतबाट नेपालतर्फ लागुऔषध ल्याउने प्रयासमा रहेका तस्कर झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा प्रहरीले शङ्कास्पद मोटरसाइकल रोकेर २०४ ग्राम ब्राउन सुगरसहितको झोला बरामद गरेको छ। तस्करहरू फरार छन् भने एकजनाको खोजी भारतीय सुरक्षाकर्मीको सहयोगमा भइरहेको प्रहरीले जनाएको छ।
सोमवार बिहान करिब ८स्४० बजे बीआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तस्करहरूलाई प्रहरीले रोक्न खोज्दा उनीहरू झोला फालेर भागेका थिए। पक्राउ प्रयासको क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायरसमेत गरेको थियो।
इलाका प्रहरी कार्यालय, सुरुङ्गाका प्रमुख वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल र झोला नियन्त्रणमा लिएको हो। झोलामा पोका पारिएको २०४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।
गत माघ २२ गते पनि यही क्षेत्र ९कनकाई–४० मा दाहालकै नेतृत्वमा प्रहरीले गोली प्रहार गरी दुई जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो। उनीहरू हाल झापा कारागारमा छन्।
खुला सीमाको दुरुपयोग गर्दै लागुऔषध तस्करी बढिरहेको सन्दर्भमा यो घटनाले सुरक्षा सतर्कताको आवश्यकता औँल्याएको छ।