Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीटप्पु वन्यजन्तु आरक्ष आउने पर्यटक बढे



इनरुवा । अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षमा विशेषगरी हिउँदको मौसमपछि आरक्षमा पर्यटकहरूको चहलपहल बढेको हो।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार गत साउनदेखि चैत मसान्तसम्म ८,४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुकका तथा २१० जना अन्य विदेशी पर्यटकले कोशीटप्पु भ्रमण गरेका छन्। पर्यटक आगमनबाट आरक्षले २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व आर्जन गरेको छ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, गैँडा, र साइबेरिया लगायतका देशबाट आउने पाहुना चरा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ। कोशीटप्पुमा हाल ५२० प्रजातिका चराहरू पाइन्छन्।

पछिल्लो समय प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिरहेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्र भण्टाबारी नजिक भारतीय पर्यटकलाई सहजता दिने उद्देश्यले स्टीकर अभियान सुरु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार