१२ असार । बर्जु गाउँपालिकामा असार ९ गते बसेको कार्यपालिकाको बैठकले कृषि मोटर प्रकरण समस्यालाई समाधान गर्नका लागि न्यायिक समितिका अर्जुन नेपालको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले बताएका छन् । असार ६ गते कृषि मोटर घटना भएको थियो । समितिले छिट्टै छानविन गरि प्रतिवेदन सार्वजनिक गर्ने अधिकृत चौधरीले बताए ।