Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाममा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

विराटनगर : इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो।

दुर्घट्नामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० वर्षीय प्रकाश राई रहेका छन्।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार