Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उमेर र स्वास्थ्यको चिन्ता कसैले लिनु पर्दै भन्दै प्रधानमन्त्री ओलीले भने – ‘अबको २०–२५ वर्षपछि मात्रै बुढो हुन्छु’



तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यको चिन्ता कसैले लिनु नपर्ने बताएका छन्। पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले ‘अहिले म न बिरामी छु, न बुढो। अबको २०–२५ वर्षपछि मात्रै बुढो हुन्छु,’भन्दै एमालेबिनाको नेपाल र ओलीबिनाको एमाले कल्पना गर्नै नसकिने जिकिर गरे।

एमाले अहिले अस्तित्वको लडाइँ होइन, विजयको यात्रामा रहेको बताउँदै ओलीले ‘मिसन २०८४’ बाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा अगाडि लैजाने उद्घोष गरे। गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध र सुखी नेपाली बनाउने मार्गमा एमाले दृढ रहेको उनको भनाइ छ।

ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने षड्यन्त्र भएको स्वीकार गर्दै पनि जनताको साथमा पार्टीलाई पुनः लोकप्रिय बनाएको बताए। “दुई तिहाइ हुँदा विभाजन भयो, तर आन्दोलन ढलेन, जनताको विश्वास अझ बढ्दै गयो,” भन्दै ओलीले कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

उनका अनुसार एमाले इतिहासमै प्रमुख शक्तिका रूपमा रहँदै आएको छ र अबको यात्रामा अझ सशक्त रूपमा उभिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार