संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।
पार्टीका प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठका अनुसार मन्त्री आलेले पार्टीकाे केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला राजीनामा दिएका हुन्।
मन्त्री हेरफेरकाे विषयलाई लिएर एकीकृत समाजावादीमा केही दिनदेखि विवाद उत्पन्न भएकाे थियाे। पार्टीले यसअघि नै मन्त्री हेरफेरकाे सिफारिश गरे पनि मन्त्रीले बजेट पारित नहुँदै राजीनामा नदिने बताएपछि विवाद उत्पन्न भएकाे थियाे।
शनिबारदेखि जारी बैठमा पनि यस विषयमा लामै छलफल भएकाे थियाे।