Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापाबाट लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

विराटनगर : झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा शनिबार बेलुका इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा माई नगरपालिका ८ ईलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका ३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र कन्काई ४ का ३२ बर्षीय हेम नारायण चौधरी रहेका छ्न ।

उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ ।

त्यस्तै सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका १० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका ९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार