Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु


  • Purbeli Press
  • आइतबार, असार १२ २०७९

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

शनिवार राती साढे ८ बजे अरुण गाउँपालिका ५ भोजपुरका २६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १ ०२ ०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक इटहरी सुनसरीका बिकाश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार