काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई निलम्बनमा परेका छन ।
स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रन्जितले आयुक्त स्तरीय निर्णय गर्दै उनलाई निलम्बन गरेका हुन । आयुक्त स्तरीय निर्णय गर्दै पुस २५ गते लागू हुने गरि उनलाइ तीन महिनाको लागि ३ निलम्बन गरिएको जानकारी रन्जितले दिए ।
राष्ट्रिय परिषद्मा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दिर्घकालिन आर्थिक भार पर्ने गरी विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय परिषद्को हवाला दिई अधिकृत स्तर दुई जनालाई ४ बर्षका लागि र कार्यालय सहयोगी एक जना आफुखुसी नियुक्ती गरेकोले उनलाइ निलम्बन गरिएको हो ।
पटक–पटक कार्यसमितिलाई जानकारी नगराई विदेश जाने तथा विदेश जाँदा आफुले सम्हाल्दै आएको जिम्मेवारी समेत कोही कसैलाई नतोकी नेपाल स्काउटको प्रसासनिक कार्यलाई आफ्नो हातमा लिएको आरोप उनलाई लागेको छ।
इलेक्ट्रिक (इ.भि.) सवारी प्रयोग गरी कार्यालयबाट तेल, मोबिल, ड्राइभर समेतको एकमुष्ठ तलवमा गाभी मासिक भुक्तानी लिने गरेको स्रोतले बताएको छ । पटक–पटक सचेत गराउँदा समेत उनले अटेर गरेपछि नेपाल स्काउट कर्मचारी नियमावली, २०५२ को व्यवस्था बमोजिम प्रमुख आयुक्त स्तरीय निर्णयबाट निलम्बन गर्न बाध्य हुनुपरेको स्काउटले जनाएको छ ।