Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ठगी आरोपमा लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ



काठमाडाैं । ठगी आरोप लागेका संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा मोरङ जिल्ला अदालतले अनिललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार