Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको पर्यटन बोर्ड, न खारेज न बजेट


  • Purbeli Press
  • शनिबार, असार ११ २०७९

विराटनगर : प्रदेश नम्बर १ मा प्रदेश सरकारले पर्यटन मन्त्रालय अन्तर्गत गठन गरेको प्रदेश पर्यटन बोर्ड अहिले अन्योलग्रस्त बनेको छ ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यको सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड अहिलेका मुख्यमन्त्री राजेन्द्र राईको सरकारले खारेज गरेको थियो । तर त्यसका पदाधिकारी र सदस्यहरु उच्च अदालत गएपछि अदालतले यथास्थितिमा राख्न आदेश दिएको थियो ।

अदालतले अहिलेसम्म अन्तिम किनारा नलगाएको बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले बताए । बोर्डको यो अवस्था भएपनि प्रदेश सरकारले यस वर्ष पेश गरेको बजेटमा पर्यटन बोर्डलाई न त बजेट छुट्याइएको छ, न त अर्को बनाउने भनेर कल्पना गरिएको छ ।

बोर्डका उपाध्यक्ष अधिकारीले पूवाग्रहबाट गरिएको निर्णयले समग्र प्रदेशको पर्यटन क्षेत्रलाई असर गरेको बताए । ‘पर्यटनको बजेट हेर्ने हो भने टुक्रे योजनामा पैसा राखिएको छ, यसले कुनै फाइदा हुँदैन,’ अधिकारीले भने ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार