Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उत्तरी सीमावर्ती क्षेत्रमा गएको भुकम्पको कस्तो पर्याे असर ?



विराटनगर । नेपालको सीमावर्ती चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टी दक्षिणमा गएको शक्तिशाली भुकम्पको धक्का नेपाल, भारत, भुटान र बंगलादेशसम्म महशुस भएको थियो ।

आज बिहान ६ बजेर ५० मिनेटमा गएको ७ रेक्टरको भुकम्पको केन्द्रविन्दू नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

शक्तिशाली भुकम्प गएपनि प्रारम्भिक विवरण अनुसार नेपालका सीमावर्ती क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको जानकारी नआएको स्थानीय तहहरुले जानकारी दिएका छन् । सुंखवासभाको मकालु गाउँपालिकाका अध्यक्ष ओङदी छिरिङ शेर्पाले अहिलेसम्म कुनैपनि क्षति विवरण नआएको बताए ।

प्रारम्भिक रुपमा सबै वडाअध्यक्षसँग जानकारी लिएको बताउँदै उनले भने त्यस्तो केही घटना भएको जानकारी छैन् । यस्तै तप्लेजुङको फक्तालुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले पनि गाउँपालिकामा क्षतिको जानकारी नआएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार