Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बलात्कारपछि हत्या अरोपमा डाक्नेश्वरी १ का वडाध्यक्षसहित दुई जना पुर्पक्षका लागि थुनामा



जनकपुरधाम । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राख्न सप्तरी जिल्ला अदालतले आदेश दिएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको सोमबारको इजलासले वडाध्यक्ष साह र शिक्षक राजनारयण साह दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित वडाध्यक्ष साह मंसिर २० मा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

नवनिर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेकोसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको छ ।

सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

२०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका( १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो । अहिलेसम्म पनि नितिश बेपत्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार