विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवति रमण भण्डारीले दलित समुदायको उत्थान गर्न गर्न प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् ।
अहिलेपनि समाजमा विभेद रहेको र त्यसलाई हटाउन आवश्यक रहेको उनले बताए । सभ्य समाजको लागि विभेद कलंक रहेको र समानताको लागि गैरदलितहरु पनि हातेमालो गर्दै अघि बढ्नु पर्ने मन्त्री भण्डारीको भनाइ छ ।
नीति तथा कार्यक्रम र बजेटमा विभेद उल्मूलन गर्ने गरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले उनले तराई क्षेत्रमा अझ बढी विभेद रहेको भन्दै त्यसलाई दलितहरुलाई सशक्तिकरण गर्न कानून निर्माण गर्ने बताए ।
आज विराटनगरमा आयोजित दलित महिला सशक्तिकरण र समावेशिकरणको सवाल विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले राजीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन गर्न सहज भएपनि विभेद विरुद्धको आन्दोलनको गति भने सुस्त हुने बताए । बजेटको सिमितताले पनि सरकारले सामाजिक विकासमा काम गर्न नसकिरहेको उनको भनाइ छ ।
दलित महिला संघले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।