काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमासले सहमति जनाएको छ ।
हमासका एक वरिष्ठ अधिकारीले रिहा गर्ने ३४ जना बन्धकहरूको सूची सार्वजनिक गरेका छन् । यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट नभइसकेको बिबिसीले जनाएको छ ।
इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धक रिहा गर्न सहमत भएको अधिकारीले बताए ।
सूचीमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना छन्, जसमा केही युवा पुरुषहरू पनि समावेश छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यो सूचिमा नेपाली विद्यार्थी विपिन जोशी छन की छैनन भन्ने खुलेको छैन् ।