Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाल आउने पर्यटक बढे, लक्ष्य भने अझै पुगेन



काठमाडौं । सन् २०२४ मा अघिल्लो वर्ष भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गएको वर्ष साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरे । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटकले नेपाल भ्रमण गरे ।

यो सन्् २०२३ मा भन्दा १४ प्रतिशत बढी हो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान पर्यटन बोर्डको रहेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

अनुमान अनुसारको आँकडा नभए पनि कोभिडको कारण शिथिल भएको देशको पर्यटन क्षेत्र लयमा फर्किएको सङ्केत देखिएको छ ।

मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका थिए । सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार