झापा। झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।
ओली स्वतन्त्र उम्मेदवार बन्दा चापाकल चुनाव चिह्न पाएका थिए । आज भएको उपनिर्वाचनमा भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन् । यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो ।
त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।