Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा एभरेष्टका रेहान प्रथम



विराटनगर । ‘स्व. शंकरलाल राठी अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१’ को दोस्रो दिनका खेलमा क्याडेट ब्वाइज सिंगल्स तर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम भएका छन । यस्तै बिकेभिएमका ऋषि साह द्वितीय, पोखरिया माध्यमिक  बिद्यालयका रक्ष बुढा र पिटर प्यानका नीर जंङ थापा तृतीय भए।
क्याडेट गर्ल्स सिंगल्स तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी प्राप्ती सेढाइ प्रथम, अरनिकोकी स्वर्णिमा कोइराला द्वितीय, अरनिकोकै साइना अधिकारी र  सेन्ट मेरिजकी अध्यता गौतम तृतीय भए।
सब-जुनियर गर्ल्स सिंग्लस तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम भइन । एभरेष्टकी आशना कटवाल द्वितीय तथा बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तृतीय  भए।
सब-जुनियर ब्वाइज सिंग्लस तर्फ को सेमिफाइनल स्पर्धामा अरनिको स्कुलका आयुद्ध भण्डारीले बुढानिलकण्ठका आयान श्रेष्ठलाई पराजित गर्दै  फाइनल प्रवेश गरे । अर्को सेमिफाइनलमा बुढानिलकण्ठका आदर्श राजवंशीले प्रेमराज थापालाई पराजित गरि फाइनल प्रवेश गरे ।
जुनियर ब्वाइज सिंग्लस तर्फको सेमिफाइनल स्पर्धामा एभरेष्ट स्कुलका सुशान्त मेहताले आफ्नै विद्यालयका सक्षम बस्नेतलाई पराजित गर्दै  फाइनल प्रवेश गरे । अर्को सेमिफाइनलमा बुढानिलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका श्रीजल प्याकुरेललाई पराजित गरि फाइनलमा स्थान बनाए ।
जुनियर गर्ल्स सिंग्लस तर्फ सेन्ट मेरिज स्कुलकी बिज्ञता थापा  र एभरेष्टकी कृपा पोखरेल फाइनलमा प्रवेश गरेका छन ।
भोली तेस्रो तथा अन्तिम दिन सब-जुनियर ब्वाइज सिंग्लस, जुनियर ब्वाइज सिंगल्स  र जुनियर गर्ल्स सिंग्लस तर्फका  फाइनल म्याचहरु सम्पन्न गरिने बिराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा विराटनगर महानगरका २२ विद्यालयको सहभागिता रहेको छ । सोमबार सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार