विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले उनको पार्टी संकटमा परेको बताएका छन्।
एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको भट्टराईले बताएका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भेनेका छन्, ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा ऊबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनयविनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क पुष्टि हुँदैछ’ ।
‘नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ।’ उनले लेखेका छनु ।
‘हेर्दै जाऊँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ’, उनले भनेका छन्, ‘आत्माबोध र पश्चातप : सिर्फ कहिले ? ’