विराटनगर । ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोके बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मोरङको ग्रामथान गाउँपालिकामा कार्यालय स्थापना भएको हो । मोरङ जिल्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले कार्यालयको उद्घाटन गर्नुभयो ।
निर्वाचन कार्य तालिका अनुसार नै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोले अब मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता २ गते गरिने जानकारी दिनुभयो ।
उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरी माथि छानबिन मङ्सिर ४ गते गरिने छ । छानबिन पछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिनेछ ।