विराटनगर : प्रदेश १ सरकारका प्रमुख सचिव रामप्रसाद घिमिरेको सरुवा भएको छ । उनको प्रधानमन्त्रीको कार्यालयमा काठमाडौँ सरुवा भएको हो । बुधबार उनले सरुवा पत्र बुझेका छन् ।
त्यस्तै केही दिन अघि सचिवमा बढुवा भएका विनोद प्रकाश सिंह प्रदेश १ मा प्रमुख सचिवका रुपमा सरुवा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिवबाट बढुवा भएका सिंह केही दिनमा प्रदेश १ आउने छन् ।
अहिले रहेका प्रमुख सचिव घिमिरे गत वर्ष साउनमा बढुवा भएपछि प्रदेश १ मा आएका थिए ।