सिरहा । सिरहामा छोरा र बुहारीकोको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका ३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो ।
घरायसी विवादमा सोमबार साँझ छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गर्दा भालेश्वरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाले बताए ।
कुटपिटबाट गम्भीर घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११ ४० बजे बाटोमै मृत्यु भए हो ।
कुटपिट लगत्तै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।
पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।