Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झोला रेडी छ भन्दै रविले भने – ‘मलाई पक्राउ गर्न दशैँ पर्खनु पर्दैन’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने र त्यही बेला पक्राउ गर्ने आशंका व्यक्त गरेका छन् ।

आज फेसबुक लाइभमा आएर उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’ उनले पक्राउ पर्ने डर नरहेको भन्दै भन्दै यस्तो बताएका हुन् ।

लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । उनले भने ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ ।’

गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार