Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौर्य एयर दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक, यस्तो छ दुर्घटनाको अनुमानित कारण



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।

दुर्घटनाको सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको प्रतिवेदनमा उल्लेख छ ।

म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत लिइर राख्नु पर्ने हुन्छ । तर सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको प्रतिवेदनले औल्याएको छ । म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको हिसाब नगरी जहाजले टेकअफ लिएको देखिएको र वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाही गरेको संकेत समेत गरिएको छ । सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार