Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुन्दरहरैँचा नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत



विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले आथिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर प्रमुख केदारप्रसाद गुरागाईले मंगलबार नगरको नीति तथा कार्यक्रम प्रस्तुत गनुभएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय सुधार गर्ने, सबै वडामा निमाण हुँदै आएका पुर्वाधारको विकासलाई निरन्तरता दिने, भुमि आयोगसँग सहकार्य गरी सबै नागरिकलाइ लालपूर्जा वितरण गर्ने लगायतका कार्यक्रम प्राथमितामा परेका छन् । यस्तै, स्वास्थ्य, खानेपानी, यातायात, एकल महिलाको हकहितसँगै व्यवसाय गर्दा नगरले विशेष छुटको व्यवस्था गर्ने नगरप्रमुख गुरागाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा नगरका विभिन्न स्थानमा डिजिटल वोर्ड, गाउँ–गाउँबाट निस्किने फोहोरलाई कम्पोष्ट मल बनाउने, कमचारीहरुलाई कार्य सम्पादनका आधारमा सम्मानगर्ने लगायतका कार्यक्रम पनि समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार