Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले प्रदेश-१ उपनेतामा अधिकारी, सचेतकमा कार्की



विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलले उपनेता र सचेतक तोकेको छ ।
नेकपा एमाले विभाजनपछि रिक्त रहेको उपनेतामा सांसद यसोदा अधिकारी र सचेतकमा बिमल कार्कीलाई जिम्मेवारी दिएको हो । प्रदेशसभाको सबैभन्दा ठूलो दल भए पनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरु टुंग्याउन सकेको थिएन ।
नेकपा एमाले विभाजन अघि अधिकारी माधव नेपालको टिममा थिइन् । उनी मोरङ जिल्लाको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।
सचेतक कार्की उदयपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र क बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार