Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा यात्रुवाहक बसमा एसिड पोखिदा ५ जना घाइते


  • Purbeli Press
  • मंगलबार, असार ७ २०७९

विराटनगर : यात्रुवाहक बसमा एसिड पोखिदा ५ जना घाइते भएका छन् । हुलाकी सडक अन्तर्गत मोरङको कटहरिमा गुडिरहेको बसबाट एसिड झरेर लाग्दा पाँच जना घाइते भएका हुन् ।

विराटनगरबाट रङ्गेली जाँदै गरेको को १ ख ३९८१ नम्बर यात्रुवाहक बसमा एसिड पोखिदा बसका सह–चालकसहित अन्य चार जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सह–चालक २० वर्षीय विनोद परियार, सुनवर्षी नगरपालिका वडा नम्बर ४ का २२ की निता राजवंशी र धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी रहेका छन् । यस्तै सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सबिया खानम घाइते भएको मोरङ प्रहरीले जानाएको छ ।

घाइतेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकाहरुको एसिड लागेर टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ ।

बसमा एक यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल फुटेपछि एसिड लागेर घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीले एसिड बोक्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार