Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल


  • Purbeli Press
  • मंगलबार, असार ७ २०७९

काठमाडाैँ :  एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन्।उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताएका छन्।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताएका छन्।

प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमार्दन गरेको आरोप लगाएका छन्।

नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र भन्दै प्रश्न गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार