Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको होटलमा मृत अवस्थामा भेटिए रतुवामाईका साह



विराटनगर : मोरङको रतुवामाई नगरपालिकाका व्यापारी विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

रतुवामाई-५ लारिकट्टाका ३३ वर्षका गजेन्द्र साह विराटनगर महानगरपालिका-९ स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रतुवामाई घर भएका साह मोरङको रंगेली बेतौनामा किरानाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए ।

साह बिहीबार दिउँसो होटेल गएको प्रहरीले जनाएको छ । परिवारले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार