Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवा पुल नबन्दा जनतालाई सास्ती, मोटरसाइकल बोकेर तारेको तीनसय रुपैयाँ


  • Purbeli Press
  • मंगलबार, असार ७ २०७९

रतुवामाई । पूर्वाधार र विकासले झापा र मोरङ सुगम जिल्ला मानिन्छ। तर, यही सुगम जिल्ला कहलिएको जिल्लाका सर्वसाधारणले रतुवा खोलामा पुल निर्माण सम्पन्न भएर पनि व्यवस्थित नहुँदा सास्ती भोग्नु परेको छ।

हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई र झापाको गौरिगन्ज जोड्‌ने रतुवा खोलाको पुल बनेको ५ वर्ष हुँदा पनि बर्खायाममा स्थानीयले ओहोरदोहोर गर्न सास्ती भोग्दै आएका छन। रतुवा खोलामा निर्माण भएको पुल छोटो र खोला लामो भाएकाले समस्या उत्पन्न भएको हो।

यतिबेला उक्त क्षेत्रका स्थानीयलाई खोलाबाट आवतजावत गर्न कठिनाइ छ। खोलाबाट बोकेर मोटरामाइ‌कल तारिदिए बापत स्थानीय युवाले पैसा लिने गरेका छन। खोला तारे बापत उनीहरुले प्रतिमोटरसाइकल तीन सय रुपैयाँ लिने गरेका छन्।

पुलसम्म पुग्ने बाटो व्यवस्थित नबन्दा स्थानीयले वर्षौदेखि समस्यामा झेल्दै आएका छन। गत वर्षहरुमा उनीहरूले ढुङ्‌गामार्फत आवत‌जावत गराउँथे। तर, यो वर्ष ढुङ्‌गा सञ्चालनमा आएको छैन। पानीको बहाव बढेको बेला मोटरसाइकल बोकेर खोला तार्न अत्याधिक डर लाग्ने गरेको मोटरसाइकल तार्ने स्थानीय युवाहरूले बताएका छन।

बर्खायाममा बोकेर मोटरसाइ‌कल तार्ने युवाहरुले हिउँदको समयमा भने बाँस‌को पुल निर्माण गरेर यात्रुहरूसँग पैसा लिने गरेका छन। उनीहरुले बाँसको पुलबाट आवत‌जावत गरे बापत मोटरसाइकलबाट ५०, साइ‌कलबाट २० र प्रतिव्यक्ति १० रुपैयाँका दरले लिने गरेको थिए।

पैसा लिनका लागि बनाइएको ढाट / तस्वीर : पूर्वेलीप्रेस

२०६५ सालमा तत्कालिन भौतिक योजना तथा निर्मााण मन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए। तर, शिलान्यास भएको १५ वर्ष पुग्न लाग्दा पनि अझै पुल निर्माण सम्पन्न भइसकेको छैन।

चुनावी नारा बन्यो, तर पुल बनेन्

हरेक पटकको संघीय निर्वाचन आउँदा विभिन्न पार्टीका उम्मेद्‌वारको घोषणा पत्रमा नछुट्ने विषय हो, रतुवा पुल। यो नारा गत ०७४ को प्रतिनिधिसभाका लागि चुनाव जित्ने मुख्य आधार नै बन्यो। २०७४ को चुनावमा मोरङ क्षेत्र नं २ का उम्मेदवारको साझा एजेन्डा थियो- हुलाकी सडक र रतुवा पुल।

चुनावी नारा बनेको दशकौं भइसक्दा पनि सडक र पुलको अवस्था उस्तै छ। पुलको पूर्वतर्फ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्छ।पश्चिममा भने पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजालको निर्वाचन क्षेत्र पर्छ।

खोलाले धार परिवर्तन गरेपछि खोला एकातिर पुल अर्कोतिर / तस्वीर : पूर्वेलीप्रस

‘पुल सञ्चालन गर्न र हुलाकी सड‌क चाडै सम्पन्न गर्ने आश्वासन दिँदै मत त मागे तर जितेपछि फर्केर आएनन,’ रतुवामाई ४ का एक स्थानीयले भने, ‘पुल सञ्चालन र सडक कालोपत्रे हुनु त परको कुरा हो, सामान्य खाल्डाखुल्डी समेत अहिलेसम्म पुरिएका छैनन्।’ पुल र सडक बनाउँछौ भनेर भोट मागेका नेता मन्त्री हुँदा पनि सडक र पुल जस्ताको त्यस्तै भएको स्थानीयहरुको गुनासो छ।

प्रतिक्रिया
सम्बन्धित समाचार