Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सार्वजनिक बिदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी



काठमाडौँ । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो ।

तर, सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार