Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एन्फा अध्यक्ष बने पंकजविक्रम नेम्वाङ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष भएका हुन् ।
नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निर्वाचनमा ८४ भोट खसेको थियो ।
नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए।
अहिले अन्य पदका लागि मतगणना हुँदैछ। शेर्पा र नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्।
एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्का प्रतिस्पर्धा गर्दैछन्।
यस्तै उपाध्यक्षमा शेर्पा पक्षबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्।
नेम्बाङ पक्षबाट विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवार छन्।
२१ सदस्यीय कार्यसमितिमा १५ जना सदस्य हुनेछन्। १५ सदस्य मध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलेबाट उम्मेदवार छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार