Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशः वार्षिक नीति तथा कार्यक्रम पारित, सोमबार सदनमा पेश हुने



विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकले नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने र त्यसको व्यवस्थापन गर्न प्रदेशसभालाई आग्रह गर्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यस्तै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न ४ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अधिकारीले बताए ।

सरकारले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठकमा उपस्थित हुने भएको छ । हिक्मतकुमार कार्की मुख्यमन्त्री भएयता बसेका प्रदेशसभा बैठकमा काँग्रेस उपस्थित भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार