Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद



File Photo

उदयपुर : उदयपुरबाट सशस्त्र प्रहरीले करिब २८० किलो गाँजा बरामद गरेको छ।

आइतबार बिहान पौने ७ बजे बेलका नगरपालिका वडा नम्बर सिसौलिघाटबाट करिब २८० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको टोलीले सिसौली घाटको जंगलमा ६ वटा बोरा लुकाएर राखेको फेला परेको थियो।

उक्त बोराभित्र गाँजासँगै सानो ठेला गाडा र दुई वटा ट्युब पनि फेला परेको थियो। डिएसपी थापाका अनुसार तस्करले ट्युबमा राखेर कोशी नदी हुँदै तस्करी गर्न लागेको आशंका छ।

बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार