Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलबारीमा बाल कला महोत्सव



बेलबारी : मोरङको बेलबारीमा विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बाल कला साहित्य महोत्सव सुरु भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बाल कला साहित्य महोत्सव सुरु भएको हो ।

दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।

बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले चार लाख ८० हजार अनुदान दिएको हो । महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिए ।

प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार