Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अत्यधिक गर्मीका कारण इटहरीमा दुई दिन विद्यालय बन्द



विराटनगर : केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयमा बिदा दिइएको छ । अत्यधिक गर्मी बढेका भन्दै इटहरीले दुई दिन विद्यालयमा बिदा दिइएको हो ।

गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ १७ । १८ गते सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले गर्मीका कारण पठनपाठनमा समस्या आएका कारण विद्यालयमा विदा दिइएको बताए ।

गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार