विराटनगर : गीतकार अशोक बिष्टको पहिलो सांगतीक कोसेली “नम्बर वान कालो चस्मा” युट्युबको ट्रेन्डिङमा परेको छ ।
१० दिनअघि मनिश क्षेष्ठको च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ७ लाख ७५ हजारभन्दा बढीले हेरेका छन् ।
बिष्टको शब्द र निर्देशनमा बनेको गीतमा मनिश क्षेष्ठ र शान्ति श्रि परियारको स्वर रहेको छ । गीतमा क्षेष्ठले नै म्युजिक भरेका छन भने जीवन बडुले मिक्सिङ गरेका छन् ।
यस्तै गीतको म्युजिक भिडियोमा मनिश क्षेष्ठलाई चर्चित मोडल अन्जली अधिकारीले साथ दिएकी छन् ।