विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १ काएक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार रतुवामाई १ स्थित मुष्लिम टोलका २ वर्षीय बालक जासिद आलमको शनिबार राति खाल्डोमा डुबेर मृत्यु भएको हो।
आलमको घरबाट करिब ४० मिटरको दुरीमा रहेको चापाकलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
खाल्डोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।