Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जना पक्राउ



सांकेतिक तस्बिर

काठमाडाैँ : स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंमा २ जना पक्राउ परेका छन्।

काठमाडौंको दरमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिबारे अन्य विवरण प्रहरीले खुलाएको छैन।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार