Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका वृद्धाहरुलाई अनेमसंघले गर्यो सम्मान



विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ विराटनगर ५ नम्बर वडा कमिटीले ७० जना वृद्धा महिलाहरुलाई सम्मान गरेको छ ।

आइतबार त्रिमुर्तिचोकस्थित राम मन्दिर परिसरमा ज्येष्ठ आमा सम्मान कार्यक्रमको आयोजना गर्दै वडाभित्रका ८० वर्ष माथिका ७० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको हो ।

अनेमसंघकी केन्द्रीय सदस्य सरस्वती खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले नेता विनोद ढकाल, कोशी प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेत, एमालेका महानगर कमिटि अध्यक्ष सागर थापा लगायतले ज्येष्ठ वृद्धाहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै खरेलले पछिल्लो समय ज्येष्ठ नागरीकहरुलाई आश्रममा राख्ने परिपाटि देखिन थालेको बताउँदै आफ्ना आमाबाबुलाई घरमै माया तथा सम्मान साथ राख्नुपर्ने बताइन् ।

नेता ढकालले ज्येष्ठ नागरीकहरुको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमाले ज्येष्ठ नागरीकहरुको सम्मान गर्दै समाज रुपान्तरणको अभियानमा रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार